
दाङ । बाँकेको नेपालजञ्जस्थित राष्ट्रिय बाणिज्य बैंक तोडफोड गरेको आरोपमा प्रहरीले एक जना युवकलाई पक्राउ गरेको छ ।
बैंकमा प्रवेश गरी विभिन्न महत्वपूर्ण कागजात तथा दराज तोडफोड गरी फरार भएको आरोपमा कैलालीको टीकापुर नगरपालिका-९ का २६ वर्षीय सन्जु विकलाई प्रहरीले पक्राउ गरेको हो ।
बैंक तोडफोड गरी भागेको अवस्थामा खुकुरीसहित उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीले घटनाबारे थप अनुसन्धान सुरु गरेको छ ।
प्रतिक्रिया दिनुहोस्