काठमाडौँ । नेप्सेमा दोस्रो सर्किट ब्रेक लागेर शेयर कारोबार ४० मिनेटको लागि स्थगित भएको...

पुरा पढ्नुहाेस्

काठमाडौंको गोकर्णेश्वर र चितवनको राप्ती बर्डफ्लू प्रभावित क्षेत्र घोषणा

6.63K
shares
khanepani bord

काठमाडौं । सरकारले काठमाडौंको गोकर्णेश्वर नगरपालिका-३ र चितवन राप्ती-६ लाई बर्डफ्लू प्रभावित क्षेत्र घोषणा गरेर नियन्त्रण गर्ने निर्णय गरेको छ ।

विहीबारको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले गोकर्णेश्वर र राप्तीलाई बर्डफ्लू प्रभावित क्षेत्र घोषणा गर्दै रोग नियन्त्रण गर्ने निर्णय गरेको बताए ।

‘काठमाडौंको गोकर्णेश्वर-३ स्थित गोविन्द मगरले पन्छी पालेको स्थान र चितवनको राप्ती-६ स्थित अनिता पशुपन्छी कृषि फार्मलाई केन्द्र मानेर उल्लेखित स्थानको वरीपरीको १०० मिटरसम्मको क्षेत्रमा पन्छी नष्ट गर्ने कार्य समाप्त भएको मितिबाट ४२ दिनको अवधिसम्मका लागि बर्डफ्लू प्रभावित क्षेत्र घोषणा गरी रोग नियन्त्रण गर्ने निर्णय गरिएको छ ,’ मन्त्री कार्कीले भने ।

IME
khanepani