काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राष्ट्रिय सुरक्षा परिषद्को वार्षिक प्रतिवेदन...

पुरा पढ्नुहाेस्

एमसिसीबारे निर्णय लिन एकीकृत समाजवादीको स्थायी कमिटी बैठक

4.2K
shares
khanepani bord

काठमाडाैं । एमसिसीबारे निर्णय लिन नेकपा (एकीकृत समाजवादी)को स्थायी कमिटी बैठक बस्दैछ । बैठक बिहान ११ बजे बानेश्वरमा बस्ने प्रवक्ता जगन्ननाथ खतिवडाले जानकारी दिए ।

उनका अनुसार एमसिसी अध्ययन कार्यदलले केन्द्रीय सचिवालयमा बुझाएको प्रतिवेदनमाथि छलफल गरेर निष्कर्ष निकालिनेछ । सरकारले एमसिसी संसदमा टेबल गर्ने तयारी गरे पनि सत्तारुढ माओवादी केन्द्र र एकीकृत समाजवादी विराेधमा छन् ।

माओवादीले अहिलेकाे अवस्थामा एमसिसी अगाडि बढाउन नहुने निर्णय गरिसकेकाे छ । एकीकृत समाजवादीले भने आज निर्णय लिनेछ ।

आइतबार सत्ता गठबन्धनकाे बैठक बस्दैछ । प्रतिनिधि सभा बैठक पनि आइतबार नै तय भएकाे छ ।

IME
khanepani