काठमाडौं । नेकपा एमालेको ११ औँ महाधिवेशनका लागि सबैभन्दा बढी प्रतिस्पर्धाको पद सचिव हुने...

पुरा पढ्नुहाेस्

एमसीसीबारे एकीकृत धारणा तय गर्न नेकपा एकीकृत समाजवादीको स्थायी कमिटीको बैठक जारी

4.58K
shares
khanepani bord

काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसीबारे एकीकृत धारणा तय गर्न नेकपा एकीकृत समाजवादीको स्थायी कमिटीको बैठक जारी छ ।

बैठक नयाँबानेश्वरस्थित अर्याल होटलमा जारी छ । बैठकले एमसीसीबारे पार्टीको एकीकृत धारणा बनाउने नेता गंगालाल तुलाधरले जानकारी दिए ।

सत्ता गठबन्धनको बैठकमा र सार्वजनिक कार्यक्रमहरुमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र पार्टीका सम्मानित नेता झलनाथ खनालले एमसीसी जस्ताकोतस्तै संसदबाट पारित गर्न नहुने मत राख्दै आएका छन् ।

सरकारले आगामी आइतबारको प्रतिनिधि सभा बैठकमा एमसीसी पेश गर्ने तयारी गरेको छ । त्यसअघि सत्ता साझेदार दलहरुको साझा धारणा बनाउने प्रयासमा प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनको बैठक बोलाएका थिए । तर नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले स्थायी कमिटीको बैठकबाट पार्टीको एकीकृत धारणा तय गर्ने भन्दै समय मागेका थिए । त्यसपछि आइतबारसम्मका लागि प्रतिनिधि सभा बैठक स्थगित गरिएको थियो ।

आइतबार दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक अघि बिहान १० बजे प्रधानमन्त्री देउवाले सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक बोलाएका छन् ।

khanepani