
काठमाडौं । कुनै बेला रवीन्द्र मिश्रको नेतृत्वमा रहेको ‘साझा पार्टी’ नामको नयाँ दल निर्वाचन आयोगमा दर्ता भएको छ ।
अध्यक्ष प्रभास बस्नेत रही दर्ता भएको पार्टीको चुनाव चिह्न ‘पैताला’ रहेको निर्वाचन आयोग स्रोतले जनाएको छ ।
तत्कालिन साझा पार्टी विवेकशील नेपाली दलसँग एकता भएपछि साझा पार्टी नामको राजनीतिक दल थिएन । दर्ता भएको साझा पार्टीका अध्यक्ष बस्नेत विवेकशील साझा पार्टीबाट हालै कारबाहीमा परेका संयोजक मिलन पाण्डे समूह निकटले बनाएको वैकल्पिक युवा अभियानको केन्द्रीय सदस्य हुन् ।
पार्टी दर्ताको प्रमाणपत्र दिन आयोगले साझा पार्टीका पदाधिकारीलाई आइतबार कार्यालयमा बोलाएको छ ।
प्रतिक्रिया दिनुहोस्