काठमाडौं । प्रधानमन्त्री प्रधानमन्त्री सुशीला कार्कीले शुक्रवार बोलाएको सर्वपक्षीय बैठकमा फागुन २१ को निर्वाचनकै...

पुरा पढ्नुहाेस्

दुई वर्षमा सात गाउँपालिका अध्यक्ष र दुई उपाध्यक्षको मृत्यु

3.77K
shares
khanepani bord

काठमाडौं । स्थानीय तहको उपनिर्वाचनपछि नौ जना गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षको मृत्यु भएको छ । गाउँपालिका राष्ट्रिय महासंघ नेपालको तथ्यांकअनुसार २०७६ साल मंसिर १४ गते भएको उपनिर्वाचनपछि अहिलेसम्म सातजना अध्यक्ष र दुईजना उपाध्यक्षको मृत्यु भएको हो ।

मृत्यु हुने गाउँपालिका अध्यक्षमा नवलपरासी सुस्ता पूर्वको प्रतापपुर गाउँपालिकाका अध्यक्ष राजकुमार शर्मा, सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका अध्यक्ष ङिम दोर्जी शेर्पा, पर्साको कालिकामाई गाउँपालिका अध्यक्ष नथुनीकुमार चौरासीया, सर्लाहीको रामनगर गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बर्मा रहेका छन् ।

यस्तै गुल्मीको गुल्मीदरवार गाउँपालिकाका अध्यक्ष अशोक कुमार थापा, बाँकेको जानकी गाउँपालिकाका अध्यक्ष रामनिवास यादव र कैलालीको मोहन्याल गाउँपालिकाका अध्यक्ष नवलसिंह रावल रहेका छन् ।

मुत्यु हुने गाउँपालिका उपाध्यक्षमा भोजपुरको हतुवागढी गाउँपालिकाका उपाध्यक्ष चन्द्रमा राई, सिन्धुपाल्चोकको उन्द्रावती गाउँपालिकाका मिरा अधिकारी रहेका छन् ।

khanepani