काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राष्ट्रिय सुरक्षा परिषद्को वार्षिक प्रतिवेदन...

पुरा पढ्नुहाेस्

कैलालीमा डान्स तथा दोहोरीका श्रमिक संगठित, संयोजकमा दोहोरी गायक एकेन्द्र

5.66K
shares
khanepani bord

कैलाली । कैलालीका मनोरञ्जन क्षेत्रमा कार्यरत श्रमिकहरू संघठित भएका छन् । कैलालीका डान्स तथा दोहोरीमा कार्यरत श्रमिकहरूको शनिबार धनगढीमा सप्पन्न भेलाले दोहोरी गायक एकेन्द्र घर्तीमगरको संयोजकत्वमा श्रमिक एकता संजाल गठन गरेको छ ।

१६ सदस्यीय संजालको सहसंयोजकमा उषा मगर र सदस्य सचीवमा रमेश परियार चयन भएका छन् । यस्तै संजालको सदस्यमा सिमा ढुङ्गाना, विनोद रोकाया, सम्झना शाह, दीपा वोहरा, लक्ष्मी थापामगर, ऋतु घर्तीमगर, अनुष्का सिँह, गणेश ओझा, पवन श्रेष्ठ, नयन नेपाली, कलेन्द्र परियार, अर्जुन पार्की र शेर विष्ट चयन भएका छन् ।

डान्स तथा दोहोरीमा कार्यरत श्रमिकले नियुक्ति पत्रबिना नै काम गर्नु परेको, श्रमिक ऐनको एउटा बुँदा पनि कार्यान्वयन नगरेको, समयमा तलब नपाएको, भनेजति तलब नपाएको, कार्यस्थलमा श्रमिक महिलामाथि ग्राहकबाटै हातपात हुँदा पनि संचालकबाट त्यसको प्रतिकार र सुनुवाइ नभएको भन्दै आफ्नो न्यायको लागि एकीकृत हुनु परेको संयोजक एकेन्द्र घर्तीमगरले बताए ।

संगठित श्रमिकले आफूहरुमाथि न्याय नभए सञ्चालकविरुद्ध कडा आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन् ।

IME
khanepani