काठमडौँ । नेकपा एमालेका सचिव महेश बस्नेतले कार्की आयोगले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई...

पुरा पढ्नुहाेस्

अमेरिकी सहयोग परियोजना एमसीसीविरूद्ध हुने प्रदर्शनलाई लक्षित गरी संसद भवन वरपर सुरक्षाकर्मीको तैनाथी बढाइयो

5.25K
shares
khanepani bord

काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसीविरूद्ध हुने प्रदर्शनलाई लक्षित गरी संसद भवन वरपरको क्षेत्रमा सुरक्षाकर्मीहरुको तैनाथी बढाइएको छ । संसद भवन अगाडिको सडकमा निषेधित क्षेत्र घोषणा गरेर प्रहरीले बार लगाएको छ ।

नेकपा, नेकपा क्रान्तिकारी माओवादी, नेकपा मसालसहितका ६ कम्युनिष्ट पार्टीले नेपालमा जारी एमसीसीविरुद्धको संघर्ष गम्भीर मोडमा पुगेको निष्कर्ष निकाल्दै आज संसद भवन घेराउ गर्दैछन् ।

एमसीसीको विरोधमा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका भ्रातृ संगठनहरुले दिनहुँजसो प्रदर्शन गर्दै आएका छन् । माओवादी र समाजवादीका कार्यकर्ताहरुले आज पनि प्रदर्शन गर्ने जनाएका छन् ।

एमसीसी संसदबाट अनुमोदन गर्ने प्रस्ताव पेश गर्ने निर्णय आज सत्ता गठबन्धनका नेताहरुले गरिसकेका छन् ।

IME
khanepani