काठमाडौं । जेनजी आन्दोलनमा भएको दमन र भोलिपल्टको विध्वंशबारे जाँचबुझ गर्न गठित आयोगले दुई...

पुरा पढ्नुहाेस्

एमसीसी संसदमा टेबल भए विपक्षमा मत दिन्छौं : दुर्गा पौडेल

4.43K
shares
khanepani bord

काठमाडौं । सत्तारुढ पाँचदलीय गठबन्धनमा आवद्ध राष्ट्रिय जनमोर्चाले अमेरिकी सहयोग परियोजना एमसीसी अनुमोदनका लागि संसदमा टेबल भए विपक्षमा मतदान गर्ने बताएको छ ।

सत्तारुढ चार दलका शीर्ष नेताहरुबीच आइतबार भएको छलफलमा एमसीसी टेबल गर्ने सहमति भएको थियो । बैठकमा जनमोर्चालाई भने बोलाइएको थिएन । जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले भनिन्, ‘एमसीसी टेबल गर्न नै हुन्न । पेलेर पेश गरे विपक्षमा मतदान गर्छौं ।’

अरुलाई पनि विपक्षमा मत दिन अपील गर्ने उनले बताइन् ।

गठबन्धन छाड्ने नछाड्नेबारे भने राष्ट्रिय जनमोर्चाले परिस्थिति हरेर निर्णय गर्ने उपाध्यष पौडेलले जानकारी दिइन् ।

IME
khanepani