काठमाडौं । जेनजी आन्दोलनमा भएको दमन र भोलिपल्टको विध्वंशबारे जाँचबुझ गर्न गठित आयोगले दुई...

पुरा पढ्नुहाेस्

सत्तारुढ गठबन्धन बैठक : एमसीसीको विरोध गर्ने खनाल र श्रेष्ठलाई बोलाइएन

3.99K
shares
khanepani bord

काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विरोध गर्ने एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठलाई आइतबार बिहान बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा नबोलाएको पाइएको छ । सुरूमा खनाल र श्रेष्ठ आउँदै छन् भनिए पनि दुवै नेतालाई नबोलाएको पाइएको हो ।

सत्ता गठबन्धनको यसअघिका बैठकमा दुवै नेता उपस्थित हुँदै आएका थिए ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका खनालले बैठकमा आफूलाई नबोलाइएको जानकारी दिए । उनले एमसीसी संसदमा टेबुल गर्ने सहमतिप्रति आफ्नो आपत्ति रहेको उल्लेख गरे । ‘मलाई त बैठकमा बोलाउँदै बोलाइएन, अमेरिकासँग झुक्नेले सम्झौता गरे अरे, तर मेरो यसमा सधैँ विरोध रहन्छ’, खनालले भने, ‘अहिले संसद नै चलिरहेको छैन, कहाँ लगेर टेबल गर्छन् ?’

माओवादी केन्द्रका नेता श्रेष्ठले पनि बैठकबारे आफूलाई कुनै जानकारी नदिएको उल्लेख गरे । एमसीसी संसदमा टेबुल गर्ने विषयमा पार्टीमा कुनै छलफल नभएको भन्दै उनले आफ्नो विरोध कायमै रहेको उनको भनाइ छ ।

खनाल र श्रेष्ठ सुरुदेखि नै एमसीसीको विपक्षमा उभिँदै आएका छन् ।

IME
khanepani