काठमाडौं । काठमाडौं–मन्थली बस सेवा अनिश्चितकालका लागि बन्द भएको छ । काठमाडौं–मन्थली चल्ने अरनिको...

पुरा पढ्नुहाेस्

अर्थमन्त्री शर्माले एमसीसी संसदमा टेबुल नगर्ने

4.51K
shares
khanepani bord

काठमाडौं। सत्तारुढ गठबन्धन दलबीच अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदमा टेबुल गर्ने सैद्धान्तिक सहमति जुटेको छ । दलका नेताहरूको फरक फरक धारणाबीच प्रधानमन्त्री शेरबहादुर देउवाले प्रक्रियाअनुसार नै जाने भन्दै एमसीसी संसदमा टेबुल गर्ने अडान राखेका हुन् ।

सम्भवतः आज बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसी टेबुल हुनेछ । एमसीसीलाई आजको प्रतिनिधिसभाको कार्यसूचीमा राख्ने कि नराख्ने भन्ने विषयमा छलफल गर्न यतिबेला संघीय संसद् भवनमा कार्यव्यवस्था परामर्श समितिको बैठक बसिरहेको छ । तर, सो बैठकमा प्रमुख प्रतिपक्षी दल एमाले भने सहभागी छैन ।

यदि आज दिउँसो १ बजे बस्ने बैठकमा एमसीसी टेबुल गर्ने कार्यसूची तयार भएमा सरकारका तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रस्ताव पेस गर्ने भएका छन् ।

नियमतः विभागीय मन्त्रीसमेत रहेका अर्थमन्त्री जनार्दन शर्माले एमसीसी संसदमा टेबुल गर्नुपर्ने हो । तर, गत बुधबार बसेको सत्तारुढ दलको बैठकमा शर्मा ढिला आएकाले प्रधानमन्त्री देउवाले सरकारका प्रवक्तासमेत रहेका कार्कीलाई संसदमा टेबुल गर्न निर्देशन दिएका थिए । एमसीसी संसदमा टेबुल गर्दा आलोचना हुने डर शर्मामा रहेको सत्तारुढ दलका एक नेताले बताए । कार्की अर्थमन्त्री भएकै बेलामा अमेरिका भ्रमणका क्रममा एमसीसी सम्झौतामा हस्ताक्षर भएको थियो ।

IME
khanepani