
काठमाडौं। महानगरीय प्रहरी परिसरले तीनवटा चोरीको मोटरसाइकलसहित एकजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-१० नयाँ बानेश्वर स्थायी घर भई कोटेश्वर बस्दै आएका २१ वर्षीय पुल्कित ठकुरी रहरेका छन् ।
उनको साथबाट प्रहरीले बा ९२ प ३८ नं. को ३५० सीसीको बुलेट बाइक, १५० सीसीको नीलो रङको पल्सर मोटरसाइकल र कालो रङको एभेन्जर मोटरसाइकल बरामद गरेको छ ।
पक्राउ परेका उनीमाथि ‘चोरी गर्न नहुने कसूर’ मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्