काठमाडौं । जेनजी आन्दोलनमा भएको दमन र भोलिपल्टको विध्वंशबारे जाँचबुझ गर्न गठित आयोगले दुई...

पुरा पढ्नुहाेस्

प्रतिनिधिसभाको बैठक सुरू, एमसीसी कार्यसूचीमा राखिएकोप्रति माओवादीको आपत्ति

4.13K
shares
khanepani bord

काठमाडौं । प्रतिनिधिसभाको बैठक सुरू भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरूको नाराबाजीका बाबजुद बैठक सुरू भएको हो । आजको बैठकमा एमसीसी सम्झौता टेबल हुनेलगायतको कार्यसूची रहेको छ ।

बैठकको प्रारम्भमै नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले बोल्नका लागि समय लिएका छन् । उनले कार्यसूचीमा एमसीसी उल्लेख भएको विषयमा माओवादीको ध्यानाकर्षण भएको जनाउँदै प्रमुख प्रतिपक्षको अवरोधका बीच बैठक अगाडि नबढाउन आग्रह गरेका छन् ।

‘एमसीसीसम्बन्धी कार्यसूचीका विषयमा हाम्रो धारणा प्रष्ट छ । एमसीसीमा राष्ट्रहित प्रतिकूलका प्रावधान रहेका छन् । त्यसलाई संशोधन नगरिएको स्थितिमा सम्झौताबारे प्रक्रिया अगाडि बढाउन हुँदैन भन्ने हाम्रो धारणा छ’, गुरुङले भने ।

गुरुङले आर्थिक अनुदानको विषय संसदबाट अनुमोदन हुने परम्परा नरहेको भन्दै एमसीसीबारे राष्ट्रिय सहमति नजुटेसम्म संसदमा टेबल हुन नहुने बताए । सभामुखको रुलिङ पालना गरेपनि एमसीसी टेबल हुने कार्यसूचीमा असहमति रहेको गुरुङको भनाइ छ ।

IME
khanepani