काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले पार्टी जनताको बिचमा साँघुरिने, खुम्चिने, आइशोलेशनमा जाने...

पुरा पढ्नुहाेस्

एमसीसी अब सडकको होइन संसदको मुद्दा हो : कानूनमन्त्री बडू

4.99K
shares
khanepani bord

काठमाडौं । कानूनमन्त्री दिलेन्द्रप्रसाद बडूले सडकमा चर्चा भइरहेको एमसीसी अब संसदको विषय बनेको बताएका छन् ।

संसद भवनमा पत्रकारहरूसँग कुराकानी गर्दै मन्त्री बडूले एमसीसीबारे जनताले व्यक्त गरेको चासो अब जनप्रतिनिधिले सम्बोधन गर्नुपर्ने बताए ।

‘सडकको विषय अब संसदमा आएको छ । केही सांसदहरूले छलफलमा भाग पनि लिनुभएको छ । यो एउटा अवसर हो । सरकारले यसलाई सकरात्मकरूपमा लिएको छ’, मन्त्री बडूले भने ।

संसदले जनताले उठाएका हरेक प्रश्नको जवाफ दिनुपर्ने भन्दै मन्त्री बडूले संसदभित्र पर्याप्त छलफल गरी उपयुक्त निर्णय दिनुपर्ने बताए । ‘सडकको चर्चा संसदमा आइसकेकोले संशयमा रहेका जनतालाई साझा निर्णय दिन सक्नुपर्छ’, उनको भनाइ छ ।

संसदमा पेस भएको सम्झौता परिपक्व हुन ७२ घण्टा समय लाग्ने भन्दै मन्त्री बडूले फागुन १२ गतेपछि एमसीसीबारे संसदमा छलफल सुरू हुने बताए । जनताले एमसीसीको पक्ष र विपक्षमा रहेका दुवैथरीको प्रतिक्रिया सुन्न चाहेको भन्दै त्यसका लागि संसद नै उपयुक्त हुने उनको भनाइ छ ।

सरकारले पारित हुने विश्वाससहित प्रस्ताव ल्याएको बताउँदै मन्त्री बडूले अधिक समर्थन जुटाउन सरकारले सबैसँग संवाद गर्ने बताए ।

khanepani