काठमाडौं । प्रधानमन्त्री प्रधानमन्त्री सुशीला कार्कीले शुक्रवार बोलाएको सर्वपक्षीय बैठकमा फागुन २१ को निर्वाचनकै...

पुरा पढ्नुहाेस्

सभामुखप्रति पोखरेलको कटाक्ष,एमसीसी प्रस्ताव गर्नुपरे झुण्डिन्छु भन्ने निर्लज्ज खलनायकले लाजसरम पचाए

3.86K
shares
khanepani bord

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमसीसीका सन्दर्भमा सत्ता गठबन्धनले नाटक मञ्चन गरेको आरोप लगाएका छन् ।

गठबन्धनलाई अनुचित र अवैध गर्भधानबाट जन्मिएको भन्दै उनले यस्तो आरोप लगाएका हुन् ।

संसदमा एमसीसी अनुमोदनका लागि दर्ता भएपछि पूर्व उपप्रधानमन्त्री समेत रहेका पोखरेलले सभामुख अग्नि सापकोटाप्रति कडा टिप्पणी गरेका छन् । उनले सभामुखलाई लाजसरम पचाएर प्रक्रिया अगाडी बढाएको भनेका छन् ।

एमसीसी प्रस्ताव गर्नुपरे संसदभित्रै मारिन तयार रहेको भन्ने सापकोटाले लाजसरम पचाएर प्रक्रिया अघि बढाएको उनको टिप्पणी छ ।

उनले भनेका छन्, ‘सूत्रधारहरू मुसुमुसु हाँसेर बसिरहने ! संगैकाहरू सजिलै र अप्ठ्यारै गरी बसिरहने । अनुयायीहरू पछि बसेर विरोधमा नारा लगाइरहने । ‘प्रस्ताव गर्नुपर्दा त बरू झुण्डिन तयार हुन्छु ‘भन्ने निर्लज्ज (खल) नायक चाँहि सहज ढंगले लाजसरम पचाएर प्रकृया अगाडि बढाइरहने । वाह रे ‘गठवन्धन’ ! वाह रे ‘गठवन्धन’ का निर्लज्ज सूत्रधार ! वाह रे त्यसका भक्तजन र अनुयायीहरू ।

khanepani