काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा भावी प्रधानमन्त्री बालेन शाहले पार्टी...

पुरा पढ्नुहाेस्

गायिका रेखा जोशी सुदूरपश्चिममा महिनावारी सद्भावना दूत नियुक्त

6.53K
shares
khanepani bord

धनगढी । लोक तथा देउडा गायिका रेखा जोशीलाई सुदूरपश्चिम प्रदेशका लागि मर्यादित महिनावारी सद्भावना दूतमा नियुक्त गरिएको छ । खानेपानी तथा सरससफाइको क्षेत्रमा काम गर्दै गाएको ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाले जोशीलाई पाँच महिनाका लागि महिनावारी सद्भावना दूतमा नियुक्त गरेको जनाएको छ ।

परियोजनाका सामाजिक तथा संस्थागत विकास विज्ञ राजु तिरुवाले जोशीलाई सुदूरपश्चिम प्रदेशमा व्याप्त छाउपडी प्रथाबारेको कुसंस्कार र अन्धविश्वास चिर्न सांगीतिक अभियान सञ्चालन गर्नेगरी दूतमा नियुक्त गरेको जानकारी दिए ।

नेपाल सरकार र फिनल्याण्ड सरकारको संयुक्त लगानीमा सञ्चालन भइरहेको परियोजनाले अहिले पाँच महिनाका लागि सद्भावना दूत नियुक्त गरेको बताउँदै उनले आवश्यकताका आधारमा समय थप गरिने जनाए ।

IME
khanepani