काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राष्ट्रिय सुरक्षा परिषद्को वार्षिक प्रतिवेदन...

पुरा पढ्नुहाेस्

छथर कांग्रेसले थाल्यो जागरण अभियान

5.58K
shares
khanepani bord

तेह्रथुम । छथर गाउँपालिका नेपाली कांग्रेस कार्यसमितिले जागरण अभियान सुरु गरेको छ । आइतबारबाट गाउँपालिकाको वडा नं ६ सुदापदेखी अभियान सुरु गरेको गाउँपालिका कार्यसमितिका सभापति रामचन्द्र भट्टराईले बताए ।

गाउँपालिकाको सबै वडामा अभियान सञ्चालन गर्ने तयारी भएको नेपाली कांग्रेस छथरले जनाएको छ । अभियानमा स्थानीय सरकारले गरेका गतिविधि नागरिकसम्म पुर्याउने, स्थानीय सरकारले गरेको अन्याय,अत्याचार, भ्रष्टाचारबारे नागरिकलाई जानकारी गराउने, पार्टीका नेता तथा कार्यकर्ताबीच भेटघाट छलफल, पार्टीको अवधारणा नागरिकसमक्ष प्रस्तुत गर्नेलगायतका कार्यक्रम रहेको सभापति भट्टराईले जानकारी दिए ।

अभियान आगामी १३ फागुनमा सम्पन्न हुने भएको छ ।

IME
khanepani