झापाकी पत्रकार माया पकवालको निधन

झापा । झापाकी पत्रकार माया पकवालको निधन भएको छ ।

मिर्गौला सम्बन्धी समस्याबाट ग्रसित उनको ओमसाई पाथिभरा अस्पताल, भद्रपुरमा उपचारका क्रममा सोमबार बिहान तीन बजे निधन भएको भद्रपुरका पुराना पत्रकार चिन्तामणि दाहालले बताए ।

५४ वर्षीय पकवाल भद्रपुरबाट प्रकाशित हुने साप्ताहिक वरुणमा प्रकाशक र सम्पादक थिइन् । उनको मेची नदीमा सोमबारै बिहान ११ बजे अन्त्येष्टि गरिँदैछ ।

पकवाल लामो समय भक्तपुरको मिर्गौला प्रत्यारोपण उपचार गराएर घर फर्किएकी थिइन् । उनको पाँच वर्षअघि मिर्गौला प्रत्यारोपण गरिएको थियो । केही अघि उनलाई कोरोना संक्रमण पनि भएको थियो ।

९,फाल्गुन.२०७८,सोमबार १०:४२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्