
धनुषा । नेपाली कांग्रेस धनुषाको सभापतिमा तीन समूहका नेताबीच प्रतिस्पर्धा हुने देखिएको छ ।
यही फागुन १५ गते हुने कांग्रेसको जिल्ला अधिवेशनमा सभापतिका लागि संस्थापन पक्ष, कोइराला पक्ष र निधी पक्षबाट उम्मेदवारी घोषणा भएसँगै त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएको हो । पार्टीको जिल्ला सभापतिका लागि सोमबार शेखर कोइराला समूहबाट दिनेशप्रसाद प्रसैलाले उम्मेदवारी घोषणा गरेका हुन् ।
प्रसैलाले कोइराला पक्षका नेता बद्री पाण्डेको उपस्थितिमा आज जनकपुरधाममा पत्रकार सम्मेलन गरी उम्मेदवारी घोषणा गरेका हुन् । पूर्वसांसद प्रसैलाले संस्थापन पक्ष विभाजित अवस्थामा रहेकाले आफू सभापतिमा जित्ने दाबी गरे ।
यसअघि नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा समूहबाट दीपक यादव र विमलेन्द्र निधी समूहबाट योगेन्द्र पञ्जियारले उम्मेदवारी घोषणा गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्