
काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काठमाडौंको तारकेश्वर नगरपालिका-७ का ३७ वर्षीय विनोद थापा रहेका छन् ।
उनलाई ब्यूरोले आइतबार काठमाडौंको तारकेश्वर फुटुङबाट पक्राउ गरेको हो ।
उनलाई उच्च अदालत पाटनले बैंकिङ कसूरमा दोषी ठहर गर्दै १५ दिन कैद सजाय र ५१ लाख रुपैयाँ जरिवाना गर्ने फैसला सुनाएको थियो ।
थापाले आफ्नो बैंक खातामा पर्याप्त रकम नभएको जानी–जानी चेक काटेर पीडितलाई झुक्याएको उजुरी परेपछि मुद्दा चलाइएको थियो ।
प्रतिक्रिया दिनुहोस्