बङ्गलादेशले कोभिडविरुद्धका प्रतिबन्धहरु नलम्ब्याउने

ढाका । बङ्गलादेशले कोभिड १९ का विरुद्धमा लगाइरहेका प्रतिबन्धहरु अब नलम्ब्याउने जनाएको छ ।

यहाँको मन्त्रिपरिषदका सचिव खाँदकर अनवारुलले आइतबार सो कुराको जानकारी दिएका हुन् । उनले अब बङ्गलादेशमा यसअघिदेखि लगाउँदै आएका प्रतिबन्धहरुको समय नथप्ने जानकारी दिएका हुन् ।

बङ्गलादेशमा कोभिड महामारीको तेस्रो लहर ओमिक्रोन भेरियन्ट आएसँगै प्रतिबन्धहरु लगाएको थियो । विद्यालय, विश्वविद्यालयहरु देखि होटलहरु बन्द गर्ने देखि लिएर सार्वजनिक स्थलमा उपस्थित हुन नपाइनेसम्मका प्रतिबन्धहरु लगाइएको छ ।

ती प्रतिबन्धहरुको समय यही फेब्रुअरी २२ सम्म रहेको र अब त्यसलाई थप नलम्ब्याउने निर्णय सरकारले गरेको जानकारी उनले दिए ।

९,फाल्गुन.२०७८,सोमबार १६:५४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्