चुनावकेन्द्रित प्रचण्डको परिपत्र- हरेक पालिकामा केन्द्रीय सदस्य नेतृत्वको मुल समिति बनाउनू (पूर्णपाठ)

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्थानीय चुनावबारे आन्तरिक सर्कुलर जारी गरेका छन् ।

प्रचण्डले गत ४ फागुनमा प्रदेश समिति इन्चार्ज र अध्यक्षहरूलाई सम्बोधन गर्दै जारी गरेको सर्कुलरमा स्थानीय चुनावका लागि प्रत्येक पालिकामा केन्द्रीय सदस्य वा वरिष्ठ नेताको नेतृत्वमा मूल परिचालन समिति बनाउनुपर्ने उल्लेख छ ।

त्यस्तै ‘निर्वाचनको तयारीलाई व्यवस्थित गर्न तत्काल वडास्तरमा संगठित सदस्यहरू, जबस मोर्चा र पेशागत संगठनका नेताहरू, पार्टी समर्थक बुद्धिजीवि र विषय विज्ञहरूसम्मिलित निर्वाचन परिचालन समिति बनाउने’ निर्देशन समेत गरिएको छ ।

मूल परिचालन समितिले अध्ययन सर्भेक्षण तथा विश्लेषण, स्वंसेवक परिचालन, सूचना सञ्चार तथा प्रचार व्यवस्थापनसम्बन्धी उपसमितिहरु बनाउनु पर्ने छ। त्यस्तै हरेक वडाको राजनीतिक, आर्थिक तथा सामाजिक अवस्थाको संक्षिप्त रिपोर्ट तयार गनुपर्नेछ ।


९,फाल्गुन.२०७८,सोमबार १७:२७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्