
धनगढी । बैतडीमा टिपर दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।
सोमबार दिउँसो बा ३ ख ४८७९ नम्बरको टिपर दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय पाटनले जनाएको छ ।
मृत्यु हुनेमा टिपरधनी ४५ वर्षका जनकराज पन्त, स्थानीय सिगास माध्यमिक विद्यालयमा पढ्ने विद्यार्थी १७ वर्षका ललित अवस्थी र १३ वर्षका ज्ञानु विष्ट रहेका प्रहरीले जनाएको छ ।
स्थानीयका अनुसार विद्यालयबाट फर्किँदा टिपर चढेका विद्यार्थीहरु दुर्घटनामा परेका हुन् । दुर्घटनापछि प्रहरी र स्थानीयले उद्दार गरेका छन् ।
दुर्घटनामा अरु ५ जना घाइते भएका छन् । उनीहरुलाई घाइतेलाई उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको छ ।
प्रतिक्रिया दिनुहोस्