विश्वकप छनोट : यूएईविरुद्ध नेपालले फिल्डिङ गर्दै

काठमाडौं । आइसीसी टी-२० विश्वकप छनोटकाे निर्णायक खेलमा नेपालले मंगलबार यूएईसँग प्रतिस्पर्धा गर्दैछ ।

ओमानको अल अमेरात रंगशालामा नेपालले टस हारेर पहिले फिल्डिङ गर्दैछ ।

नेपाली टोलीमा मंगलबार एक जना खेलाडी परिवर्तन गरिएको छ । कुशल मल्लको स्थानमा अलराउन्डर विवेक यादवले टिममा स्थान बनाएका छन् ।

विश्वकप छनोट ग्लोबल क्वालिफायर ए अन्तर्गत सेमिफाइनल चरणको यो खेल जितेमा नेपालले २०२२ को अक्टोबर/नोभेम्बरमा अष्ट्रेलियामा हुने टी-२० विश्वकप खेल्न पाउनेछ ।

१०,फाल्गुन.२०७८,मंगलवार १६:२६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्