निर्वाचनअघि माग पूरा गर्न जनमत पार्टीको ज्ञापनपत्र

बुटवल । जनमत पार्टी रुपन्देहीले स्थानीय तहको निर्वाचनअघि आफूहरूले उठाएको किसानहरूको माग सम्बोधन गर्नुपर्ने माग गर्दै जिल्ला निर्वाचन कार्यालयमा ज्ञापनपत्र बुझाएको छ ।

यस्तै साना र नयाँ दलहरूलाई दल दर्ता हुँदा पाएको चुनाव चिह्नकै आधारमा स्थानीय चुनावमा प्रतिस्पर्धा गर्ने व्यवस्था गर्नुपर्ने, नागरिकता देखाएर मतदान गर्ने व्यवस्था गर्नुपर्ने माग पनि जनमत पार्टीले गरेको छ ।

जिल्ला निर्वाचन अधिकारी अयोध्याप्रसाद भण्डारीलाई ज्ञापनपत्र बुझाउँदै जनमत पार्टीका केन्द्रीय सचिव भोपेन्द्र यादवले किसानका माग पूरा नभए निर्वाचनमा अवरोध गर्ने बताए ।

१०,फाल्गुन.२०७८,मंगलवार १७:२३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्