एमसीसी खारेज गर्न माग गर्दै राष्ट्रपतिसमक्ष निवेदन

काठमाडौं । अमेरिकी अनुदान सहयोग सम्बन्धी सम्झौता मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) खारेजीको माग गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष निवेदन पुगेको छ ।

समाजवादी केन्द्र नेपाल नामक पार्टीले राष्ट्रपति कार्यालयमा एमसीसी खारेज गर्न माग गर्दै निवेदन दिएको हो ।

एमसीसी सम्झौता इष्ट इन्डिया कम्पनीको ढाँचामा आएको र इष्ट इन्डिया कम्पनीले सिंगो भारतलाई पराधीन बनाएजस्तै एमसीसीले नेपाललाई अनिश्चितकालसम्म पराधीन बनाउन सक्ने खतरा रहेको निवेदनमा उल्लेख छ ।

एमसीसी किन स्वीकार गर्न हुन्न भन्ने विषयमा विभिन्न ११ वटा बुँदा लेखेर दिइएको निवेदन राष्ट्रपति कार्यालयले दर्ता गरेको छ ।

१०,फाल्गुन.२०७८,मंगलवार १८:१३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्