
काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले एमसीसी सम्झौताको पक्षमा मतदान गर्ने निर्णय गरेको छ । बरमहलस्थित पार्टी केन्द्रीय कार्यालयमा बुधबार दिउँसो बसेको संसदीय दलको बैठकले एमसीसीको पक्षमा मतदान गर्ने निर्णय भएको सांसद चन्दा चौधरीले जानकारी दिइन् ।
विकासका लागि ल्याइएको परियोजना भएकाले र पहिल्यैदेखि सरकारमा संलग्न पनि रहेकाले समर्थन गर्ने निर्णय भएको सांसद चौधरीले बताइन् । उनले भनिन्, ‘एमसीसी पारित नगरे भविष्यमा नेपालको विकास अनुदानमा समस्या हुन्छ भन्ने भएकाले पनि एमसीसीको पक्षमा मतदान गर्ने भन्ने निर्णय भएको हो ।’
लोसपाका १३ सांसद छन् । सरकारले एमसीसी सम्झौता गत आइतबारको प्रतिनिधिसभा बैठकमा टेबल गरेको छ । उक्त प्रस्तावलाई अगाडि बढाउन बिहीबार प्रतिनिधिसभा बैठक बोलाइएको छ ।
संसद्को सम्भावित कार्यसूचीमा पनि सम्भावित कार्यसूचीमा एमसीसीको विषय राखिएको छ ।
प्रतिक्रिया दिनुहोस्