पछिल्लो २४ घण्टामा थप ३१२ जनामा कोरोना संक्रमण पुष्टि, ९११ जना संक्रमणमुक्त, २ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३१२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने दुईजनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पाँच हजार १०३ जनाको पीसीआर परीक्षण गर्दा २५६ जना र तीन हजार ५९० जनाको एन्टिजेन परीक्षण गर्दा ५६ जना गरी ३१२ जनामा संक्रमण पुष्टि भएको हो ।

हाल देशभर १० हजार ९० जना सक्रिय संक्रमित रहेका छन् । यस्तै बुधबार ९११ जना संक्रमणमुक्त भएका छन् ।

११,फाल्गुन.२०७८,बुधबार १६:४२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्