महाअभियोग प्रस्ताव विरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि संघीय संसद सचिवालयमा दर्ता भएको महाभियोगको प्रस्ताव विरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ ।

महाभियोगको प्रस्ताव असंवैधानिक भएको दावी सहित अधिवक्ताहरु डा. पुण्य खतिवडा र दीपक मिश्रले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका हुन् ।

निवेदनमा जबरामाथिको महाअभियोग प्रस्ताव खारेज गर्न र जबरालाई पदमा बहाल गराउन अन्तरिम आदेश माग भएको छ ।

त्यस्तै जबराविरुद्धको महाअभियोग प्रस्तावसँग सम्बन्धित अर्को निवेदन पनि सर्वोच्चमा पेश भएको छ । तर दर्ता भने भइसकेको छैन ।

१२,फाल्गुन.२०७८,बिहीबार १४:५३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्