नेपालविरुद्ध ओमानले टस जितेर ब्याटिङ रोज्यो

काठमाडौं । ओमानमा जारी आईसीसी टी-२० विश्वकप क्रिकेट छनोटअन्तर्गत तेस्रो स्थानका लागि नेपालले केहीबेरमा घरेलु टोलीसँग प्रतिस्पर्धा गर्दैछ।

नेपाली समयअनुसार पौने ४ बजे सुरू हुने खेलमा ओमानले टस जितेर ब्याटिङ रोजेको छ । सेमिफाइनलमा पराजित भएका दुवै टोली तेस्रो स्थानका लागि भिड्न लागेका हुन् ।

अन्तिम चारमा नेपालले यूएई र ओमानले आयरल्यान्डसँग हार ब्यहोरेपछि विश्वकपमा छनोट हुन असफल भएका थिए ।

१२,फाल्गुन.२०७८,बिहीबार १५:५७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्