
चितवन । खैरहनी नगरपालिका-८ स्थित सडकबाट अवैध रुपमा भन्सार छली ल्याउँदै सामानसहित चारजनालाई प्रहरीले बिहीबार राति पक्राउ गरेको छ ।
प्रहरीले कपडा, फलामको छड, भाँडावर्तन र ट्रकसमेत गरी करिब ३ करोड ४९ लाख ८२ हजार रुपैयाँ मूल्य बराबरको सामानसमेत बरामद गरेको छ ।
पर्सा वीरगन्जबाट भन्सार छली लत्ता कपडाहरूलगायत सामानहरू ल्याउने क्रममा ईलाका प्रहरी कार्यालय खैरहनीबाट खटिएको प्रहरीले उक्त सामानहरू बरामद गरेको हो ।
बरामद मालसामान, चारवटै ट्रक र चालकहरूलाई आवश्यक कारबाहीका लागि वीरगन्ज भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्