कर्णालीमा एमालेको निर्वाचन लक्षित प्रशिक्षण सुरु

सुर्खेत । स्थानीय तहलाई लक्षित गरी कर्णालीमा नेकपा एमालेले प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ ।

प्रदेश राजधानी वीरेन्द्रनगरस्थित जिल्ला समन्वय समितिको हलमा सुरु भएको कार्यक्रमको उपाध्यक्ष रामबहादुर थापा बादलले उद्घाटनगरे । भेलामा दुई सय जना भन्दा बढी नेता तथा कार्यकर्ता सहभागी हुने एमाले कर्णाली प्रदेश अध्यक्ष विनोदकुमार शाहले जानकारी दिए ।

उनका अनुसार प्रशिक्षण कार्यक्रममा संघीय तथा प्रदेश सांसदहरू, कर्णालीबाट प्रतिनिधित्व गर्ने सबै केन्द्रीय सदस्यहरू, प्रदेश कमिटीका पदाधिकारीहरू, स्थानीय तहका जनप्रतिनिधि, पार्टीको स्थानीय तह कमिटीका अध्यक्षहरु सहभागी छन् ।

प्रशिक्षण कार्यक्रमका लागि एमाले उपमहासचिव प्रदीपकुमार ज्ञवाली, स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेश इन्चार्ज यामलाल कँडेल, स्थायी कमिटी सदस्य गोरख बोगटी, युवा नेता विष्णु रिजाल, निरज आचार्य सुर्खेत आएका छन् ।

१४,फाल्गुन.२०७८,शनिबार १४:२७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्