कांग्रेससँग वार्ता गर्दा प्रचण्ड र माधव नेपाल अत्ताल्लिए : ओली

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेससँग आफूहरुले छलफल अगाडि बढाएपछि नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी अत्ताल्लिएको बताएका छन् ।

एमालेसँग छलफल अघि बढेपछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर एमसीसी पास गर्ने वचन दिएको आफूले जानकारी पाएको ओलीले बताए ।

शनिबार काठमाडौंमा आयोजित प्रगतिशील तथा पेशागत कानुन व्यवसायी संगठन, नेपालको दोस्रो राष्ट्रिय सम्मेलनमा बोल्दै उनले एमसीसीबारे कांग्रेसले आफ्नो पार्टीसँग छलफल गरेपछि प्रचण्ड र नेपाल गठबन्धन टुट्ने डरले अत्तालिएको दावी समेत गरे ।

‘एमसीसीबारे हामीसँग कांग्रेसले कुरा गर्‍यो । कांग्रेसले कुरा गरेको थाहा पाएपछि साथीभाइको सातो गएछ–गठबन्धन टुट्छ भनेर । हिजो बिहान गए प्रचण्ड, माधव नेपाल कुदेर शेरबहादुर देउवा कहाँ गएर भन्नुभो–हामी एमसीसी पास गर्छौं, गठबन्धन जोगाइदिनुस्’ उनले भने ।

१४,फाल्गुन.२०७८,शनिबार १७:३९ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्