काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले कतारका प्रधानमन्त्री तथा परराष्ट्रमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान अल...

पुरा पढ्नुहाेस्

सुवास नेम्वाङ भन्छन्, ‘हामी प्रक्रियामा सहभागी हुने अवसरबाट वञ्चित भयौं’

4.88K
shares
khanepani bord

काठमाडौं । नेकपा एमालेले आइतबारको प्रतिनिधिसभा बैठकमा पनि अवरोध कायमै राख्ने भएको छ ।

सत्ता गठबन्धनको बैठकले व्याख्यात्मक घोषणासहित प्रतिनिधिसभाबाट एमसीसी अनुमोदन गर्ने निर्णय गरेको छ । तर एमसीसी अनुमोदनका लागि हुने संसदीय प्रक्रियामा सहभागी हुने वातावरण सत्ता गठबन्धनले नबनाएका कारण एमालेले अवरोध जारी राख्ने संसदीय दलका उपनेता सुवास नेम्वाङले बताए ।

‘हामीले प्रमुख सत्तासाझेदार दल कांग्रेससंग संवाद पनि गरेका हौैं,’ नेम्वाङले अनलाइनखबरसँग भने, ‘तर प्रतिनिधिसभाको अवरोध खोल्न हामीले राखेको मागमा उहाँहरु सकारात्मक हुनुभएन, हामी प्रक्रियामा सहभागी हुने अवसरबाट वञ्चित भयौं ।’

एमाले प्रक्रियामा सहभागी नहुने भएपछि सत्तारुढ दललाई एमसीसी अनुमोदन गराउन झन् सहज हुने छ । यसअघि आइतबार विहान सत्ता साझेदार दलले व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन गर्ने निर्णय गरेका थिए ।

IME
khanepani