बागलुङ । बागलुङ क्षेत्र नम्बर १ का उम्मेदवारहरुले एउटै सार्वजनिक मञ्चमार्फत् आफ्ना चुनावी एजेण्डा...

पुरा पढ्नुहाेस्

प्रचण्डको स्पष्टीकरण, गठबन्धन बच्ने, एमसीसीको समस्या हल हुने उपाय हो व्याख्यात्मक घोषणा

5.53K
shares
khanepani bord

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले व्याख्यात्मक घोषणासहित अमेरिकी सहयोग परियोजना एमसीसी अनुमोदन गर्ने सत्तारुढ गठबन्धनबीचको सहमतिको बचाउ गरेका छन् ।

आइतबार विहान बसेको माओवादी केन्द्रीय कार्यालयको विस्तारित बैठकले व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन गर्ने निर्णय गरेको थियो । लगतै सत्तारुढ गठबन्धनको बैठकमा पनि त्यही सहमति भएको छ । अब आइतबार नै बस्ने संसद बैठकले प्रश्न उठेको विषयमा व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन गर्ने तयारी छ ।

त्यसअघि बसेको संसदीय दलको बैठकमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भनेका छन्, ‘गठबन्धन पनि बच्ने, एमसीसीको समस्या पनि हल हुने उपाय हो व्याख्यात्मक घोषणा ।’

लामो समयदेखि संसद अवरुद्ध गरेको एमालेले १४ सांसद र सभामुखलाई हटाउन लागेकाले पनि यसो गर्नु परेको उनको तर्क थियो ।

IME
khanepani