एमसीसीविरुद्धको प्रदर्शनले नयाँबानेश्वरमा पैदल हिड्‍ने यात्रीलाई समस्या

काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसीविरुद्धको प्रदर्शनका कारण नयाँ बानेश्वरमा पैदल हिड्‍ने यात्रीलाई समस्या भएको छ ।

माओवादी केन्द्र, एकीकृत समाजवादी, विप्लव नेतृत्वको नेकपा, राप्रपाका कार्यकर्ताहरु उत्रिएपछि नयाँबानेश्वरस्थित संसद भवन बाहिर हिड्‍ने पैदल यात्रीलाई समस्या भएको हो ।

प्रदर्शनकारीहरुले पैदल हिड्‍ने वृद्ध-वृद्धा, स्कुल-कलेजका विद्यार्थी र सर्वसाधारणहरुलाई थोरै ठाउँ राखिदिएका छन् ।

एमसीसीको विरोधमा नयाँबानेश्वर क्षेत्रमा दैनिकजसो प्रदर्शन हुँदै आएको छ ।

१५,फाल्गुन.२०७८,आईतवार १५:०६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्