दाङमा एमसीसीको विरोध गर्दै जिल्ला प्रशासन घेराउ

दाङ। विप्लव नेतृत्वको नेकपासहित अन्य ५ राजनीतिक दलका कार्यकर्ताले अमेरिकी सहयोग परियोजना एमसीसीको विरोध गर्दै जिल्ला प्रशासन कार्यालय घेराउ गरेका छन् ।

आइतबार संसद‍्मा छलफल हुन लागेको अमेरिकी सहयोग परियोजना एमसीसीको सम्झौता खारेजको माग गर्दै जिल्ला प्रशासन घेराउ गरेका हुन् । प्रदर्शनकारीले कार्यालयभित्र प्रवेश गर्न खोजेका थिए । बाहिर तैनाथ प्रहरीले प्रदर्शनकारीलाई गेटमै रोकेका थिए ।

‘एमसीसी चाहिँदैन, देश बेच्न पाइँदैन’, ‘राष्ट्रघाती सम्झौता एमसीसी खारेज गर’लगायत नारा लगाउँदै घोराहीमा विरोध र्‍याली प्रदर्शन गरेका छन् ।

१५,फाल्गुन.२०७८,आईतवार १५:५५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्