पछिल्लो २४ घण्टामा थप १११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि, ४१५ जना संक्रमणमुक्त, १ जनाको मृत्‍यु

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ४८४ जनाको पीसीआर परीक्षण गर्दा ९४ जना र ३ हजार २२४ जना एन्टिजेन परीक्षण गर्दा १७ जना गरी १११ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ४१५ जना संक्रमणमुक्त भएका छन् भने हाल ८ हजार ५१७ जना संक्रिय संक्रमित छन् ।

१५,फाल्गुन.२०७८,आईतवार १६:४५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्