
काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको प्रारम्भिक सार्वजनिक निस्कासन (आईपीओ) मा माग भन्दा ३८ गुणा बढी आवेदन परेको छ ।
आईपीओका लागि आवेदन दिने अन्तिम दिन आइतबार साँझसम्म करिब २६ लाख वटा आवेदन प्राप्त भएको सडिएस एण्ड क्लियरिङ लिमिटेडले जानकारी दिएको छ ।
संस्थाको ८ करोड २८ लाख ७५ हजार रुपैयाँ बराबरको ८ लाख २८ हजार ७५० कित्ता आईपीओका लागि गत बुधबारदेखि खुला भएको थियो । कुल ८ लाख २८ हजार ७५० कित्ता सेयरमध्ये ०.५ प्रतिशत अर्थात १२ हजार ७५० कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४१ हजार ४३७ कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको छ । सर्वसाधारणले बाँकी भने ७ लाख ७४ हजार ५६३ कित्ता सेयर छुट्याइएको थियो ।
प्रतिक्रिया दिनुहोस्