
काठमाडौं। विवेकशील साझा पार्टीले एमसीसी कम्प्याक्ट सम्झौता राष्ट्र हितलाई मध्यनजर राखेर नभइ निहीत राजनीतिक स्वार्थले पारित भएको टिप्पणी गरेको छ ।
सोमबार पार्टीले विज्ञप्ति जारी गर्दै एमसीसी कम्प्याक्ट सम्झौता चरम सत्ता दाउपेचको विषय बनाउँदै व्याख्यात्मक टिप्पणीको लेपन लगाएर अनुमोदन गरिएको टिप्पणी गरेको हो ।
अब एमसीसीमाथि थप राजनीति गर्न नहुने पार्टीले जनाएको छ । विज्ञप्तिमा भनिउको छ, ‘…अबका दिनहरूमा एमसीसीमाथि थप राजनीति गर्नु भनेको बढ्दो रूपमा संवेदनशील बन्दै गएको नेपालको भूराजनीतिक जटिलतालाई अझ बल्झाउनु हो। त्यस्तो काम अब कसैबाट पनि हुनु हुँदैन।’
यस्तै चीन र अमेरिकाको अस्वाभाविक सक्रियता बढेर एमसीसी पेचिलो भूराजनीतिक मुद्दा बन्न पुग्नु मुलुकका लागि शुभ संकेत नभएको पार्टीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्