इलाममा सुनुवार सांस्कृतिक संग्रहालय भवन निर्माण

काठमाडौं । इलामको इलाम नगरपालिकामा सुनुवार सांस्कृतिक संग्रहालय भवन निर्माण गरिएको छ । इलाम नगरपालिका–३ पुवामझुवास्थित चैतेस्थित सुनुवारहरुको धार्मिक स्थल परिसरमा निर्मित संग्रहालयको आइतबार नगरप्रमुख महेश बस्नेतले उद्घाटन गरे ।

भवनको उद्घाटन गर्दै नगरप्रमुख बस्नेतले सीमान्तकृत वर्गका किरात सुनुवार समुदायको धार्मिक, भाषिक, सांस्कृतिक पक्षलाई पर्यटन व्यवसायसित जोडेर लैजानुपर्ने बताए ।

दुईतले संग्रहालय भवन नगरपालिकाको २१ लाख २५ हजार रुपैयाँ र बाँकी स्थानीयको योगदान गरी कुल २५ लाख रुपैयाँमा निर्माण भएको जानकारी दिए । यो क्षेत्र पाटेनागी पर्यापर्यटन क्षेत्रको प्रवेशद्वारको रुपमा रहेको छ ।

सुनुवारहरुको आफ्नै भाषा, लिपि, धर्म, संस्कृति, रीति र परम्परा भएकाले त्यसको विकास र प्रवर्द्धन गर्दै पाटेनागी पर्यटनसँगै जोड्न चाहेको नगरप्रमुख बस्नेतले बताए ।

१६,फाल्गुन.२०७८,सोमबार १५:०३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्