प्रहरीले दुई थान मोटरसाइकल र चार थान स्कुटरसहित एक युवकलाई गरे पक्राउ

भक्तपुर । प्रहरीले दुई थान मोटरसाइकल र चार थान स्कुटरसहित एक युवकलाई पक्राउ गरेको छ ।

काठमाडौं उपत्यकालगायत जिल्लाहरूबाट विभिन्न समयमा मोटरसाइकल चोरी गरेर बिक्री गर्दै आएको आरोपमा बनेपा नगरपालिका-१३ का १८ वर्षीय छिरिङ घिसिङलाई महानगरीय प्रहरी परिसर भक्तपुरले पक्राउ गरेको हो ।

महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी तथा डीएसपी राजु पाण्डेका अनुसार यस सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।

१६,फाल्गुन.२०७८,सोमबार १६:५२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्