
काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना एकैदिन राष्ट्रियसभा अन्तर्गतका दुई समितिको बैठकमा सहभागी भएका छन् ।
सोमबार बसेको दिगो विकास तथा सुशासन समिति र राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा अध्यक्ष तिमिल्सिना सहभागी भएका हुन् ।
दिगो विकास समितिले देशमा क्रियाशिल राष्ट्रिय एवं अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका कार्यक्रमहरू एकद्वार प्रणालीअनुसार नियमन/सहजीकरण तथा अनुगमन र दिगो विकास लक्ष्य प्राप्तिका लागि गरेको योगदान बारे छलफल भएको थियो ।
त्यस्तै राष्ट्रिय सरोकार समितिमा राष्ट्रिय गौरवका आयोजना अध्ययन तथा अनुगमन उपसमितिहरूको कामकारबाही बारे समितिले गरेको अध्ययन र अनुगमनबारे प्रतिवेदन पेश भएको थियो ।
कोरोना महामारी र विभिन्न राजनीतिक गतिरोधका कारण संसद बैठक नियमित बस्न नसकेको भन्दै अध्यक्ष तिमिल्सिनाले समितिको बैठकमार्फत् संसद जीवित छ भन्ने देखाउनुपर्ने बताए ।
प्रतिक्रिया दिनुहोस्