जीटूजीमार्फत रासायनिक मल खरिद गर्न नेपाल र भारतबीच समझदारी

काठमाडौं । भारतबाट जीटूजीमा पाँच वर्षका लागि रासायनिक मल खरिद गर्न नेपाल र भारत सरकारबीच समझदारी भएको छ ।

सोमबार दुई देशका अधिकारीहरुबीच भएको भर्चुअल वार्तामा यस्तो सम्झौता भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता एव सहसचिव प्रकाशकुमार सञ्जेलले जानकारी दिए ।

‘जीटूजी व्यवस्थामा रहेर आगामी पाँच वर्षका लागि नेपाललाई रासायनिय मल दिन भारतसँग समझादरी भएको छ,’ प्रवक्ता सञ्जेलले भने, ‘पहिलो वर्ष एक लाख मेट्रिकटन युरिया र ५० हजार मेट्रिकटन डीएपी मल भारतले नेपाललाई दिनेछ, ।’

प्रवक्ता सञ्जेलकाअनुसार सोमबार आयोजित भर्चुअल कार्याक्रममा नेपालको तर्फबाट कृषि तथा पशुपन्छी विकास डा.गोविन्द प्रसाद शर्मा र भारतको तर्फबाट भारत सरकार रसायन एवं मल मन्त्रालयका सचिव राजेश कुमार चतुर्वेदीले सो समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।

१६,फाल्गुन.२०७८,सोमबार १७:३२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्