नेपाल पर्वतारोहण संघले एनएमए ले सोमबारदेखि खाद्यन्न राहत सामाग्री वितरण सुरु

काठमाडौं । नेपाल पर्वतारोहण संघले (एनएमए) ले सोमबारदेखि खाद्यन्न राहत सामाग्री वितरण सुरु गरेको छ ।

कोभिड-१९ को महामारीले उत्पन्न परिस्थितिका कारण समस्यामा परेका लाईसेन्स प्राप्त पर्वतारोहीहरूलाई निप्पन फाउन्डेसन जापानको आर्थिक सहयोगमा राहत सामग्री वितरण गरेको हो ।

पर्यटन विभागका महानिर्देशक तारानाथ अधिकारी, एनएमएका अध्यक्ष डा.सन्तवीर लामालगायतको सहभागितामा दुई सय पर्वतारोहीहरूलाई पचास केजी चामल, पाँच केजी दाल, एक केजी नुन, दुई लिटर तेल प्रदान गरेका छन् ।

वितरण कार्यक्रममा पर्वतारोही माया शेर्पा, मिङमा ग्याल्पु शेर्पा, एनएमएका महासचिव कुलबहादुर गुरुङलगायतका सहभागीतामा खाद्यन्न सामग्री वितरण गरिएको संघले जनाएको छ ।

विभिन्न चरण गरी तीन हजार पर्वतारोहीहरूलाई खाद्य सामग्री उपलब्ध गराउने संघले जनाएको छ । पहिलो चरणमा १६ सय पर्वतारोहीलाई छनोट गरेको छ । यो हप्ताभर ४९० जनाले सहयोग सामग्री वितरण गर्ने उल्लेख गरेको छ ।

१७,फाल्गुन.२०७८,मंगलवार १२:४३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्