दुई सरकारको सम्झौता एकपक्षीय संशोधन गर्नु जनता झुक्याउनु हो : एमाले

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल एमालेले एमसीसीको व्याख्यात्मक घोषणा जनता झुक्याउने कोसिस भएको टिप्पणी गरेको छ ।

म‌ंगलबार पत्रकार सम्मेलन गर्दै एमालेले संसद्‍को सबैभन्दा ठूलो दल नेकपा एमालेलाई बाहिर राखेर राष्ट्रिय महत्त्वको विषयमा निर्णय भएकोमा आपत्ति जनाएको छ । यसले यसले संसदीय अभ्यासको उपेक्षा पनि भएको उल्लेख गरेको छ ।

‘दुई सरकारबीचको सम्झौता एक पक्षीय रुपमा संशोधन गर्नु र त्यो लागू हुन्छ भन्नु जनतालाई झुक्याउनु हो ।एमसीसी सम्झौता गठबन्धनकै नेताहरुले विवादित बनाए ।सरकारले गर्नुपर्ने पत्रचारमा दलका नेताले हस्ताक्षर गरेर यसलाई दूषित बनाए’ एमालेले भनेको छ ।

एमालेले सभामुखले संसद्मा बलमिच्याँइ गरेको आरोप लगाएको छ । ‘सभामुखको बलमिचाई आपत्तिजनक छ । सभामुख दल विशेषको आज्ञा मानिरहनुभएको छ । कुनै दलले निस्कासित गरेका संसद्‍लाई उहाँले दल विभाजन गर्न सहयोग गर्नुभएको छ । यसले उहाँ पदमा रहन उचित छैन’ एमालेले भनेको छ ।

एमसीसी जे जस्तो अवस्थामा भएपनि अनुमोदन भएकाले अब यसलाई कार्यान्वयन गर्नुपर्ने एमालेले उल्लेख गरेको छ ।

१७,फाल्गुन.२०७८,मंगलवार १४:०३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्