
काठमाडौं । प्रतिनिधिसभाको बैठकको कार्यसूचीबाट विधेयक पेस हटाइएको छ । यसअघि मंगलबार सार्वजनिक गरिएको कार्यसूचीमा पर्यटन तथा नागरिक उड्यन मन्त्रालयसँग सम्बन्धित दुई विधेयक कार्यसूचीमा थिए ।
बुधबार बैठक बस्नुअघि सार्वजनिक गरिएको संशोधित कार्यसूचीबाट पनि ती दुई विधेयक हटाइएको छ ।
प्रमुख प्रतिपक्ष नेकपा (एमाले) को अवरोधबीच पनि संसदीय कारबाही अगाडि बढाइने तयारी गरिएकोमा अन्तिम समयमा आएर परिमार्जन गरिनुलाई अर्थपूर्णरूपमा हेरिएको छ ।
नागरिक उड्यन प्राधिकरण विधेयक २०७६ र नेपाल हवाई सेवा प्राधिकरण विधेयकलाई कार्यसूचीबाट हटाएर प्रधानमन्त्रीले राष्ट्रिय सूचना अयोगको वार्षिक प्रतिवेदन पेस गर्ने विषय मात्रै राखिएको छ ।
प्रतिक्रिया दिनुहोस्