‘लगानीकर्ता सचेत नहुँदा सेयर बजार हल्लाकै भरमा घटबढ हुने गरेको छ’

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले पूँजी बजार विकासका लागि साक्षरताको आवश्यकता रहेको बताएका छन् । बुधबार अर्थमन्त्रालयमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष हमालले बोर्डको मुख्य चुनौतीको रुपमा वित्तीय साक्षरता रहेको उनले बताए ।

पछिल्लो समय सेयर बजार हल्लाको भरमा घढबढ हुने गरेको छ । कसैले बोलेको वा कुनै हल्लाको भरमा बजार घढबढ हुनुको कारण भने सेयर चेतनाकै अभाव रहेको उनले बताए ।

‘वित्तीय साक्षरता असाध्यै चुनौती छ, ठूलो अभियानको रुपमा यो गर्नुपर्नेछ’ अध्यक्ष हमालले भने, ‘सानो तिनो हल्लामा बजार ‘मुभ’ हुने गरेको छ यो साक्षरता नभएरै हो ।’

देशव्यापी रुपमा आम नागरिकमा अब बोर्डले साक्षरता अभियान चलाउने समेत उनले बताए । यो अभियान नेप्से, मर्चेन्ट बैंक, ब्रोकरहरु सबैको सहभागितामा बोर्डको नेतृत्वमा हुने उनले बताए ।

बजारबारे बुझाउन सञ्चारमाध्यमहरुबाट समेत साक्षरता अभियान चलाउनु आवश्यक रहेको उनको भनाइ छ ।

धितोपत्र ऐनलाई समय सापेक्षा बनाउनु पर्ने उनको भनाइ छ । सन् २००६ मा बनेको ऐन अहिले रहेको भन्दै उनले यसलाई समय सापेक्षा बनाउनु पर्ने बताए । ‘ऐन बन्दा बजारको साइज सानो थियो, अहिले धेरै ठूलो भएको छ,’ उनले भने, ‘हिजोको अवस्थामा ऐन ठिक थियो, अब बजारको आकार बढ्यो ऐनलाई पनि सोही अनुसार बनाउनुपर्छ ।’

१८,फाल्गुन.२०७८,बुधबार १५:१२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्