संसद विघटन सही थियो भन्ने पुष्टि हुँदैछ : लेखराज भट्ट

धनगढी । नेकपा एमालेका सचिव लेखराज भट्टले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटन सही पुष्टि हुँदै गएको बताएका छन् ।

बुधबार प्रेस चौतारी कैलालीले धनगढीमा गरेको कार्यक्रममा उनले सरकार, संसद र अदालतको गतिविधि हेर्दा ताजा जनादेशमा जाने निर्णय सही देखिएको बताएका हुन् ।

‘मुलुक ताजा जनादेशमा जाने कुरा सही थियो भनेर अदालतभित्र देखिएको समस्या, गठबन्धन सरकार र प्रतिनिधिसभामा देखिएका गतिविधिले पुष्टि गर्दै लगेको छ’ भट्टले भने, ‘सभामुखले पार्टीको कार्यकर्ताको भूमिका खेल्दा व्यवस्थापिका पनि कोमामा पुगेको छ । कार्यपालिका र न्यायपालिकाको हालत पनि उस्तै छ ।’

उनले अहिले मुलुकका प्रमुख तीन अंग कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका ‘कोमामा’ पुगेको टिप्पणी गरेका छन् ।

१८,फाल्गुन.२०७८,बुधबार १८:२६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्