काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले झापामा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहको काठमाडौँ फर्कँदा भव्य...

पुरा पढ्नुहाेस्

सत्ता गठबन्धन बैठक : स्थानीय निर्वाचनमा गठबन्धन बनाएर जाने कि नजाने भन्ने छलफल हुँदै

4.58K
shares
khanepani bord

काठमाडौं । सत्ता गठबन्धनको बैठक अहिले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसिरहेको छ ।

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदबाट अनुमोदन भएपछि पहिलोपटक गठबन्धनको बैठक बसेको हो ।

बैठकमा सत्ताधारी कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादीका नेताहरूबीच छलफल भइरहेको छ । स्थानीय चुनाव, चुनावी गठबन्धनलगायत विषयमा छलफल भइरहेको छ ।

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्तासमेत रहेका ज्ञानेन्द्रबहादुर कार्की, कांग्रेस नेता रामचन्द्र पौडेल, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादवलगायतका नेता सहभागी रहेका पौडेलका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले जानकारी दिए ।

पौडेल सरकार सञ््चालन संयन्त्रका संयोजक पनि हुन् । एमसीसी अनुमोदन भइसकेपछिको सत्ता गठबन्धनको बैठकमा पौडेल पनि सहभागी भएका हुन् ।

IME
khanepani